बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कुन बन्ला सर्वोत्कृष्ट मौलिक तीज गीत ?

मङ्गलबार, ०३ भदौ २०८२, ११ : ४७
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • छायाँछबी तीज म्युजिक अवार्डमा उत्कृष्ट मौलिक तीज गीतका लागि विभिन्न ५ गीत छानिएका छन्।
  • जसमा माण्डवी त्रिपाठीको ‘उडायो रिबन’, रेखा शाहाको ‘मलाई क्या माया’, जस्ता गीतहरु समावेश छन्।
  • अवार्डमा उत्कृष्ट मिक्सिङ, सङ्गीत संयोजक लगायतका विभिन्न १७ विधामा अवार्ड प्रदान गरिनेछ।

काठमाडौँ । गायिका माण्डवी त्रिपाठीको ‘उडायो रिबन’, रेखा शाहको ‘मलाई क्या माया’, ज्योति मगरको ‘मलाई हेरी हेरी’, निशा केसीको ‘चोली फाटेको’ र शान्ति श्री परियारको ‘काली पसम कि –२’ गीत बिच सर्वोत्कृष्ट उत्कृष्ट मौलिक तीज गीतमा भिडन्त हुने भएको छ ।

तीजलाई लक्षित गर्दै बजारमा थुप्रै गीत आएपनि ‘१२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२’ मा मौलिक तीज गीत विधामा यी ५ गीत छानिएका हुन् ।

तीज गीतका सर्जकलाई प्रोत्साहन गर्ने र तीजका गीतसंगीतलाई  पुरस्कृत गर्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको अवार्डको विभिन्न १७ विधामा उत्कृष्ट ५ सार्वजनिक गरिएको छ ।

२०८२ सालमा बजारमा आएका तीजका गीतहरूलाई समावेश अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, सङ्गीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाकार, सम्पादक, गायक, गायिका, संयुक्त गायन लगायतका विधामा अवार्ड बाँडिने अवार्डका अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् । अवार्डको आयोजना छायाँछवि कृयसनले गर्न लागेको हो ।

यस्तो छ उत्कृष्ट पाँच सुची 

  • उत्कृष्ट तीज गीत एरेन्जर

१. श्यामश्वेत रसाइली : न त बने हिरोइन

२. सञ्जय श्रीपाल : शिरफूल हरायो रे 

३. पवन विश्व : नजीक नजीक सरन

४. विपिन आचार्य : आइपुग्यो तीज

५. नरेन्द्र वियोगी : बामरी बसायो 

  •  उत्कृष्ट तीज गीत ध्वनी मिश्रण

१. कुमार राना : बारुले कम्मरको ठुम्का

२. सञ्जय श्रीपाल : मैदानै थर्कियो 

३. खड्ग बाजुराली : कट्टी कट्टी

४. विपिन आचार्य : उडायो रिबन

५. मनोज परियार : तीजका गीत कस्ता

  •  उत्कृष्ट तीज गीत छायांकार

१. सरोज शाही : मैदानै थर्कियो

२. बुद्ध थापा : तीज आयो साथी संगी

३. आर डी दुलाल : उडायो रिबन

४. नवराज उपे्रति : बामरी बसायो

५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का

  • उत्कृष्ट तीज गीत सम्पादक

१. अमृत चापागाई : कट्टी कट्टी

२. राजेश कुमार : छम छम नाचे 

३. नवीन घर्ति मगर : काली पसम कि –२ 

४. मिलन विश्वकर्मा : तीज आयो साथी संगी

५. सुजन कोइराला : चोली फाटेको 

  • उत्कृष्ट तीज गीत मोडल (पुरुष)

१. राजन अधिकारी : न त बने हिरोइन

२. शंकर बि. सी : साईली छोरी

३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज

४. भुवन के पोखरेल : माईत बरीलै 

५. जि वी चिरन ": सासुको तीज 

  • उत्कृष्ट तीज गीत मोडल (महिला)

१. यशु भट्टराई : माईत बरीलै 

२. निरुता शाही : कट्टी कट्टी

३. नीति शाह : मलाई क्या माया

४. स्मारिका ढकाल : काली पसम कि –२

५. अञ्जलि अधिकारी : चोली फाटेको 

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

१. सञ्जय विश्वकर्मा : धोको फेर मायालु

२. सुनील क्षेत्री : मलाई हेरी हेरी

३. सुरेन्द्र बसेल : बामरी बसायो 

४. केशव राज भट्ट : तीज आयो साथी संगी

५. श्रीजन बराल ऋषि : कट्टी कट्टी

  • उत्कृष्ट तीज गीत भिडियो निर्देशक

१. गम्भीर बिष्ट : बामरी बसायो 

२. नीतिन चन्द : सोच सोच

३. जेरी भण्डारी : काली पसम कि –२

४. श्रीजन बराल ऋषि : कट्टी कट्टी

५. शंकर बि. सी : साईली छोरी

  • उत्कृष्ट तीज गीत शब्द

१. डि पी खनाल : किन्दिने हो कल्ले 

२. जनक रावल : तीज आयो साथी संगी 

३. नेत्र अर्याल : मलाई हेरी हेरी 

४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता

५. शुष्मा देवकोटा : बिन्दुली टिका 

  • उत्कृष्ट मौलिक तीज गीत शब्द

१. सुनिल कुमार शर्मा : मलाई क्या माया 

२. नेत्र अर्याल : मलाई हेरी हेरी

३. लोक राज अधिकारी : ए नि बरिलै

४. याम प्रसाद निउरे : चोली फाटेको 

५. पे्रम सापकोटा सोनु : काली पसम कि–२

  • उत्कृष्ट तीज गीत लय 

१. विपिन घिमिरे : ए नि बरीलै 

२. भावना आचार्य : सोच सोच

३. पवन विश्व : नजिक नजिक सरन

४. रुपक डोटेल : सासुको तीज 

५. जनक रावल : तीज आयो साथी संगी

उत्कृष्ट मौलिक तीज गीत लय

१. राम कुमार नेपाली : साईली छोरी

२. विपिन आचार्य : चादी काटी

३. पवन रानाभाट : मलाई क्या माया

४. दीपक शर्मा : किन्दिने हो कल्ले

५. योगेश काजी : मलाई हेरी हेरी 

  • उत्कृष्ट तीज दोहोरी गीत गायक

१. रामकुमार नेपाली : साईली छोरी 

२. रामचन्द्र काफ्ले : सोच सोच

३. सञ्जय श्रीपाल : मैदानै थर्कियो 

४. खुमन अधिकारी : माईत बरीलै

५. रुपक डोटेल : सासुको तीज 

उत्कृष्ट तीज दोहोरी गीत गायिका 

१. सुजाता के.सी : सासुको तीज

२. मिना वेलवासे : माईत बरीलै 

३. अस्मिता अधिकारी : मैदानै थर्कियो 

४. भावना आचार्य : सोच सोच

५. देवीका के.सी : साईली छोरी 

  • उत्कृष्ट तीज गीत युगल गायन

१. शिला विष्ट/राधिका भण्डारी : ए नी बरीलै

२. अञ्जीला गौचन/हेमा पुन मगर : चांदी काटी 

३. नम्रता तामाङ/बवी नेम्वाङ लिम्बु/निलम रोक्का कार्की : किन्दिने हो कल्ले

४. सुनितामी परियार/संगीता परियार : सिउँदोमा सिन्दूर

५. समीक्षा अधिकारी/सुधा रत्न : शिरफुल हरायो रे

उत्कृष्ट तीज गीत गायिका 

१. लक्ष्मी मल्ल : तीजका गीत कस्ता

२. सरिता भारती : नाच्न दे 

३. जुनु गौतम : आइपुग्यो तीज 

४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो

५. पुजन काफ्ले : छड्के तिलहरी

उत्कृष्ट मौलिक तीज गीत गायिका

१. माण्डवी त्रिपाठी : उडायो रिबन

२. रेखा शाहा : मलाई क्या माया

३. ज्योति मगर : मलाई हेरी हेरी

४. निशा के.सी : चोली फाटेको

५. शान्ति श्री परियार : काली पसम कि –२

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप