बारामा लागुऔषधसहित एक महिला पक्राउ
मङ्गलबार, ०३ भदौ २०८२, २१ : १३
रौतहट । बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित मंगलबार एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोल बस्ने करिब ४० वर्षीया पार्वती महतो पक्राउ परेकी हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित महतोलाई पक्राउ गरेको हो ।
महतोले घरभित्र कपडाको झोलामा राखिएको प्लाष्टिकको सानो बट्टाभित्र लुकाइराखेको अवस्थामा लागुऔषध ब्राउनसुगर भेटिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण