नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता
सारांश
- नेपाल बैंक लिमिटेडका कर्मचारी, परिवार र ग्राहकले मकवानपुरको रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
- ओम अध्याय रिट्रिट प्रालिले सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
- सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख र ओम अध्यायका निर्देशकले हस्ताक्षर गरेका छन्।
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुरको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०२ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिको तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण