शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी माग
बुधबार, ०४ भदौ २०८२, ०८ : ०५
सारांश
- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
- केन्द्रले २१ दिनभित्र दरखास्त दिन योग्य उम्मेदवारहरूलाई आह्वान गरेको छ।
- आठौँ तहका रजिष्ट्रारदेखि पाँचौँ तहका कर्मचारीका लागि भदौ २४ गतेसम्म आवेदन दिनुपर्नेछ।
काठमाडौँ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ। केन्द्रले आज एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।
सूचना अनुसार, आठौँ तहका रजिष्ट्रारदेखि पाँचौँ तहका रेडियोग्राफर र असिष्टेन्ट फार्मासिष्टसम्मका पदहरूमा कर्मचारी मागिएको हो। सबै पदमा एक–एक जनाको माग गरिएको छ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र अर्थात् २०८२ भदौ २४ गतेसम्म आवेदन दिनुपर्नेछ। म्याद नाघी वा रीत नपुगी प्राप्त भएका दरखास्तहरूउपर कारबाही नहुने केन्द्रले जनाएको छ।
करार सेवाका लागि लिखित परीक्षा भने भदौ २६ गते हुने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण