प्रिमियर लिग वर्ष टोलीमा लिभरपुल र आर्सनलको दबदबा
बुधबार, ०४ भदौ २०८२, ०८ : २०
सारांश
- पीएफए प्रिमियर लिगको वर्ष टोलीमा लिभरपुल र आर्सनलका खेलाडीहरूको वर्चस्व रह्यो।
- खेलाडीहरूको मतदानबाट टोली तय गरिएको थियो, जसमा लिभरपुलका चार र आर्सनलका तीन खेलाडी परे।
- नटिङ्घम फरेस्टका माट्ज सेल्स र क्रिस वुड पहिलो पटक वर्षको टोलीमा परे।
लण्डन । पीएफए प्रिमियर लिगको वर्ष टोलीमा लिग विजेता लिभरपुल र उपविजेता आर्सनलका खेलाडीहरूले वर्चस्व जमाएका छन्। खेलाडीहरूले गरेको मतदानबाट यस टोली तय गरिएको हो ।
लिभरपुलका मोहम्मद सालाह, एलेक्सिस म्याक अलिस्टर, भर्जिल भान डाइक र रायन ग्राभेनबर्च टोलीमा परे भने आर्सनलबाट डेक्लान राइस, विलियम सालिबा र गेब्रियल छनोट भए।
नटिङ्घम फरेस्टका दुई खेलाडी माट्ज सेल्स र क्रिस वुड पहिलोपटक वर्षको टोलीमा परे। न्युक्यासलका एलेक्जान्डर इसाक र हाल लिभरपुलमा आवद्ध भएका बर्नमाउथका मिलोस केरकेजले टोली पूरा गरे।
- वर्षको टोली (११):
गोलकिपर
- माट्ज सेल्स (नटिङ्घम फरेस्ट)
डिफेन्डरहरू
- विलियम सालिबा (आर्सनल)
- गेब्रियल (आर्सनल)
- भर्जिल भान डाइक (लिभरपुल)
- मिलोस केरकेज (बर्नमाउथ/अब लिभरपुल)
मिडफिल्डरहरू
- एलेक्सिस म्याक अलिस्टर (लिभरपुल)
- रायन ग्राभेनबर्च (लिभरपुल)
- डेक्लान राइस (आर्सनल)
फरवार्डहरू
- मोहम्मद सालाह (लिभरपुल)
- एलेक्जान्डर इसाक (न्युक्यासल)
- क्रिस वुड (नटिङ्घम फरेस्ट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण