विश्व फोटोग्राफी दिवसमा पाटनमा ‘फोटो वाक’
बुधबार, ०४ भदौ २०८२, ११ : ४५
सारांश
- काठमाडौं फोटोग्राफर संघले विश्व फोटोग्राफी दिवसको अवसरमा पाटनमा फोटो वाक तथा प्रतियोगिता आयोजना गर्यो।
- कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका फोटोग्राफरहरूले ऐतिहासिक सम्पदा र जनजीवन कैद गरे।
- प्रतियोगितामा सहभागीहरूले भदौ ३ गते खिचेका तस्बिरहरू भदौ ८ गतेभित्र पठाउनुपर्नेछ।
काठमाडौँ । १६८ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँ फोटोग्राफर संघले मंगलबार पाटन दरबार स्क्वायरमा फोटो वाक तथा प्रतियोगिता आयोजना गरेको छ ।
कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका सयौँ फोटोग्राफरहरूले पाटनका ऐतिहासिक सम्पदा, कला र जनजीवनलाई आफ्नो क्यामेरामा कैद गरेका थिए । संघका अध्यक्ष हरि घिमिरेले फोटोग्राफीले समाजको पहिचान र इतिहासलाई सुरक्षित राख्ने बताए ।
कार्यक्रममा रुल्स अफ कम्पोजिसन थिममा आधारित फोटो प्रतियोगिता पनि घोषणा गरिएको छ । सहभागीले भदौ ३ गते खिचेका तस्बिरहरू भदौ ८ गतेभित्र इमेलमार्फत पठाइसक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण