सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
सारांश
- सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिनको माग गरेका छन्।
- उनले गैरनागरिक उड्डयन उडानमा छानबिन आवश्यक रहेको र चित्तबुझ्दो प्रतिवेदन नआएको बताए।
- किराँतीले संरचनागत र नीतिगत सुधारका लागि लापरबाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन हुनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटि के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्ने कुरा उल्लेख नगरिएको बताए ।
एक महिनाअघिदेखि ग्राउण्डेड जहाजमा को मान्छे लैजानु हुँदैन थियो भन्ने कुरा नै उल्लेख नरहेको उनको भनाइ छ । संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लाग्नुभएको बेला यो लापरबाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे ।
उनले भने, ‘गैरनागरिक उड्डयन हो । चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरू प्यासेन्जर पनि जहाजमा हालिएको छ । रिपोर्ट आयो के भने सबै कुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो । टेक्निकल कुरामा के भयो भन्ने मात्रै रिपोर्ट आयो । के के हुनुहुँदैन थियो भन्ने आएन । एक महिनाअघिदेखि ग्राउण्डेड जहाजमा को मान्छे लैजानु हुँदैन थियो, के गर्नुहुन्थ्यो, के गर्नु हुँदैन भन्ने कुरा रिपोर्टमा आएन । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन गर्नुपर्छ । संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरबाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन ।’
सांसद किराँतीले जहाजको ढोका राम्रोसँग लाग्दैन भन्दा एकपटक गएर आउँ अनि बनाउँला भन्ने किसिमको लापरबाही हुने गरेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण