फेरि बढ्यो अण्डाको मूल्य
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो ।
सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ ।
सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।
यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो । पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो ।
मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ । २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा बढ्दा ५ रुपैयाँ ठुलो अण्डाको मूल्यमा प्रति क्रेट वृद्धि भएको छ ।
त्यसैगरी यसअघि प्रति पेटी रु. १३० रहेको ढुवानी तथा प्याकेजिङ खर्चमा पनि १० रुपैयाँले वृद्धि गरी रु. १४० पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण