लिपुलेक हुँदै व्यापार पुनः खुल्ला गर्ने भारत र चीनबिच सहमति
सारांश
- भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः खोल्ने सहमति भएको छ, चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणमा यो निर्णय भएको हो।
- यसअघि, कोभिडका कारण बन्द रहेको कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको थियो।
- नेपालले लिपुलेकलाई लिएर विरोध जनाएको थियो र नयाँ नक्सा जारी गरेको थियो, तर भारत र चीनले मान्यता दिएका छैनन्।
काठमाडौँ । भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति गरेको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको भारत दुई दिने भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।
गत अगस्त १८ मा भारतका विदेश मन्त्री एस जयशंकार बिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो । लिपुलेकसँगै सिप्की ला र नाथु लाबाट सीमा व्यापार खुल्ला गरिने सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यसअघि गत पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल चीन भ्रमणमा गएको बेला कोभिडदेखि बन्द रहेको कैलाश मनोसरोवार यात्रा पुनः सुरुवात गर्ने सहमति भएको थियो ।
भारत र चीनले यसअघि पनि सो भूभागमा दुई देश लक्षित व्यापारिक सडक बनाउने सहमति गरेको थियो । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गरेका थिए ।
त्यसमा नेपालले विरोध जनाएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेको भारत र चीनका दुवै राजदूतलाई ‘प्रोस्टेट नोट’ पठाएका थिए ।
त्यसपछि, भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो । भारतले २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म सडक बनाएर त्यसको उद्घाटन गरेको थियो ।
यसको प्रतिक्रिया स्वरूप नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गर्दै संसद्को पूर्ण बहुमतबाट त्यसलाई पास गरेको थियो । २०७७ जेठमा नेपाल सरकारले नयाँ नक्सा औपचारिक रूपमा जारी गरेको थियो ।
तर, भारत र चीन दुवैले नेपालको नक्सालाई मान्यता दिएको छैन । चीनले २०८० भदौमा जारी गरेको ‘२०२३ को स्ट्याण्डर्ड म्याप’ मा नेपालको पुरानै नक्सा राखेको थियो । नेपालले यसबारे भने कुनै प्रतिक्रिया जनाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण