अपराध
काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत
बुधबार, ०४ भदौ २०८२, १८ : ००
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा बस्दै आएका गोलेले ती बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ मा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण