प्रचण्डसँग रविले भने : मैले कुनै कसुर गरेकाे छैन, कांग्रेस–एमालेले सुनियोजित रूपमा फसाए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भेट्न बुधबार साँझ प्रचण्ड ललितपुरस्थित नख्खु कारागार पुगेका थिए ।
भेटका क्रममा प्रचण्डसँग लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई सुनियोजित रूपमा फसाएको बताए । यस्तै भेटमा लामिछानेले कुनै पनि कसुर नगरी फसाइएकाले आफू र आफ्नो पार्टीलाई फाइदा नै भइरहेको पनि बताए ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार लामिछानेले प्रचण्डलाई एमाले र कांग्रेस जस्तो नभएको बताएका थिए ।नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढिरहेको समेत लामिछानेले बताएको स्वकीय सचिव आचार्यले जानकारी दिए ।
भेटवार्तामा प्रचण्डले लामिछानेको स्वास्थ्य लाभको कामना गर्दै रास्वपासँग सहकार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण