गृह मन्त्रालयका तीन महाशाखा प्रमुख परिवर्तन
बुधबार, ०४ भदौ २०८२, २१ : ५९
काठमाडौँ । गृह मन्त्रालयका चार महाशाखा प्रमुख परिवर्तन भएका छन् । गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै चार महाशाखा प्रमुख परिवर्तन गरेका हुन् ।
नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, प्रशासन महाशाखा र आन्तरिक महाशाखा प्रमुख परिवर्तन गरिएको हो ।प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव छवि रिजाललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
प्रशासन महाशाखा प्रमुखमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव ऋषि तिवारीलाई सरुवा गरिएको छ ।
नीति योजना महाशाखा प्रमुखमा भोजपुरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरिएका सहसचिव सुरेश पन्थीलाई ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण