एनआरएनए अनुसन्धान तथा विकास समितिको अध्यक्षमा खत्री नियुक्त
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जर्मनी निवासी दिपेश खत्रीलाई अनुसन्धान तथा विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।
एनआरएनएको हालैको बैठकले खत्रीलाई ज्ञान, सीप तथा नवप्रवर्तन विभाग अन्तर्गतको समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस समितिको अध्यक्षका रूपमा खत्रीले विभागीय प्रमुख विश्वस दिप लिम्बु (टिगेला) लाई प्रतिवेदन दिनेछन् ।एनआरएनएले जारी गरेको पत्रमा खत्रीको नियुक्ति सङ्घप्रति देखाइएको उनको प्रतिबद्धता, समर्पण र योगदानको उच्च मूल्याङ्कनका आधारमा गरिएको उल्लेख छ ।
सङ्घले उनको नेतृत्वले ‘नेपालीका लागि नेपाली, समृद्ध नेपालका लागि’ भन्ने साझा दृष्टिकोणलाई अझ सबल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले हस्ताक्षर गरेको पत्रमार्फत खत्रीलाई बधाई दिँदै नयाँ भूमिकामा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण