बद्री केसीको महाधिवेशन तयारी समितिमा महतो र लामिछाने नबस्ने
सारांश
- एनआरएनए महाधिवेशनका लागि गठित सल्लाहकार समितिमा उपेन्द्र महतो र जीवा लामिछाने बस्न मानेनन्।
- लामिछानेले विभाजित एनआरएनए नचाहेको र एकताबाहेकका कुनै पनि गतिविधिमा संलग्न नहुने बताए।
- उपेन्द्र महतोले पनि एकताबद्ध एनआरएनए चाहेको भन्दै नाम फिर्ता लिन आग्रह गर्ने बताए।
काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबरमा गर्ने भनिएको महाधिवेशन तयारीका लागि गठन गरिएको सल्लाहकार समितिमा पूर्वअध्यक्षय उपेन्द्र महतो र जीवा लामिछाने नबस्ने भएका छन् ।
संघको गत साता सम्पन्न पदाधिकारी बैठकले केसीको संयोजकत्वमा मूल आयोजक समिति बनाएको थियो भने त्यसमा महतो र लामिछानेसहित दुई दर्जन अभियन्तालाई सल्लाहकार समितिमा राखिएको थियो ।
तर उक्त समितिमा नाम रहेकाहरूमध्ये लामिछाने र महतोले आफूहरूसँग सल्लाह नगरीकन नाम राखिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
लामिछानेले विभाजित एनआरएनए आफ्नो चाहना नभएको बताउँदै एकताबाहेकका एनआरएनएका कुनै पनि गतिविधिहरूमा आफ्नो संलग्नता नरहने बताए ।
कसैले सोधेर वा जानकारी गराएर आफूलाई सल्लाहकार नराखेको उल्लेख गर्दै लामिछानेले त्यसमा आफ्नो संलग्नता हुने कुरै नभएको स्पष्ट पारे ।
यस्तै संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि आफूले एकताबद्ध एनआरएनए चाहेको भन्दै नाम फिर्ताका लागि आग्रह गर्ने बताए ।
केसी पक्षका उपाध्यक्ष डा हेमराज शर्माले भने विगतदेखि नै पूर्वअध्यक्षहरुलाई सल्लाहकार राख्ने प्रचलन भएको उल्लेख गर्दै सोहीअनुसार नाम राखिएको बताए । तर, उनीहरूले नाम फिर्ता लिन आग्रह गरेकोबारे आफूलाई जानकारी नभएको शर्माले बताए । उनले एकताबद्ध एनआरएनए हुनुपर्नेमा आफूहरू पनि एकमत रहेको भन्दै इमानदार भएर समाधान खोजिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण