ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन्।
- ट्रम्पले ब्याजदर नघटाएको भन्दै फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको आलोचना गरेपछि उक्त निर्देशन दिएका हुन्।
- कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए र २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थिए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ।
“अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै लेखेका छन् ।
एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गरेको बिषयलाई समाचारमा उल्लेख गरिएको छ ।
यस्तो अनुसन्धान हुन्छ कि हुँदैन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।
ट्रम्प प्रशासनले राष्ट्रपतिका राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका डेमोक्र्याटिक नेताविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ ।
अमेरिकी नेताले केन्द्रीय बैंकको दर निर्धारण समितिमा रहेका कुकलाई लक्षित गर्दै पावेलविरुद्ध पटक–पटक लिखितरूपमा आरोप लगाएपछि यो निर्देशन आएको हो ।
फेडले यस वर्ष महत्वपूर्ण कर्जा दरमा कुनै परिवर्तन गरेको छैन ।
कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए र सन् २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थियो । उनले सोही महिनाको अन्त्यमा सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सपथ लिएका थिए।
कुकले यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आर्थिक सल्लाहकार परिषद्मा काम गरिसकेका छन् ।
हालैका महिनाहरूमा केन्द्रीय बैङ्कले मुद्रास्फीतिमा अमेरिकी करनीतिको प्रभावको निगरानी गर्न दरहरू स्थिर राख्ने अडान लिएको छ । ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ व्यक्तिको संज्ञा दिएका छन् ।
ट्रम्पले यसअघि पनि फेडको मुख्यालयको अत्यधिक महँंगो जीर्णोद्धार नै पावेललाई पदबाट हटाउनुको कारण हुनसक्ने बताएका थिए ।
फेडको अध्यक्षका रूपमा पावेलको कार्यकाल सन् २०२६ मेमा समाप्त हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण