सदन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ०५ भदौ २०८२, ०७ : ४५
सारांश
- प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ, जसमा विभिन्न विधेयकहरूमा छलफल हुनेछ।
- अर्थ समितिका सभापतिले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्नेछन्।
- मन्त्रीहरूले औद्योगिक सम्पत्ति र पानी जहाज सम्बन्धी विधेयकहरू दफावार छलफलका लागि प्रस्तुत गर्नेछन्।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले'औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण