‘शिक्षकले बहुविवाह गर्न नहुने प्रावधान हटाउनुपर्छ’
बिहीबार, ०५ भदौ २०८२, १० : १५
सारांश
- लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले शिक्षा विधेयकमा शिक्षकले बहुविवाह गर्न नहुने प्रावधान हटाउन माग गरेका छन्।
- विधेयकको परिच्छेद ८ मा रहेको व्यवस्था शिक्षकलाई मात्रै लक्षित भएकाले हटाउनुपर्ने उनको तर्क छ।
- यसअघि शिक्षक संघले पनि उक्त व्यवस्थाप्रति आपत्ति जनाएको थियो।
काठमाडौँ । लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले शिक्षा विधेयकमा उल्लेखित ‘शिक्षकले बहुविवाह गर्न नहुने’ भन्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् ।
विधेयकको परिच्छेद ८ मा रहेको ‘सार्वजनिक विद्यालयका शिक्षकको आचरण’मा बहुविवाह गर्न नहुने व्यवस्था भएकाले त्यसलाई राख्न उचित नभएको उनको भनाइ थियो ।
‘बहुविवाह गर्न नहुने भन्ने जुन शीर्षक छ, त्यसलाई हटाउँदा हुन्छ’, उनले भने, ‘यो त शिक्षकले मात्र गर्न नहुने, अरूले गर्न हुने भन्नेचाहिँ अर्थ लाग्दोरहेछ । यो सबैको हकमा लागू हुने भएकाले शिक्षकलाई लक्षित गरेरमात्रै हुने भएकाले हटाउँदा राम्रो हुने बताए । यसअघि शिक्षक संघले पनि यसमा आपत्ति जनाइसकेको धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण