भाइरल लाबुबु डलले ४ गुणाले बढायो कम्पनीको मुनाफा
सारांश
- चिनियाँ कम्पनी पप मार्टको मुनाफा २०२५ को पहिलो अर्धवार्षिक अवधिमा ४०० प्रतिशतले बढ्यो।
- डलको उच्च माग र विदेशमा बजार विस्तारले मुनाफा बढाउन मद्दत गर्यो।
- पप मार्ट बार्बी र हेलो किटीको भन्दा धेरै मूल्यवान् बन्यो, र आपूर्ति बढाउने योजना छ।
बेइजिङ । लाबुबु डल बनाउने चिनियाँ कम्पनी पप मार्टको मुनाफा चारगुणा बढेको छ । कम्पनीले बताएअनुसार २०२५ को पहिलो अर्धवार्षिक अवधिमा मुनाफा झन्डै ४०० प्रतिशतले बढेको हो ।
डलको उच्च माग र कम्पनीले विदेशका धेरै मुनाफा भएका बजारमा आफूलाई सिफ्ट गरिरहँदा मुनाफा बढेको हो । कम्पनीका अनुसार जनवरी–जुन अवधिमा पप मार्टको खूद मुनाफा ३९६ दशमलव ५ प्रतिशतले बढेको छ ।
सो अवधिमा आम्दानी पनि २०४ दशमलव ४ प्रतिशतले बढेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा पप मार्टको शेयर मूल्य २०० प्रतिशतभन्दा धेरैले बढेको छ । योसँगै कम्पनी बार्बी डल बनाउने कम्पनी म्याटेल र हेलो किटीको माउ कम्पनी सान्रियो भन्दा धेरै मूल्यवान् बनेको छ ।
कम्पनीले डल ‘ब्लाइन्ड बक्स’मा राखेर बेच्छ । जसले गर्दा क्रेताहरूले प्याकेज नखोल्दा सम्म आफूले किनेको डलको डिजाइन ठ्याक्कै कस्तो छ भन्ने थाहा पाउँदैनन् ।
के पप गु्रप ब्ल्याक पिङ्ककी लिसा, बार्बाडियन गायिका रिहाना र पूर्व फुटबल स्टार डेभिड बेकह्यामका कारण लाबुबुको लोकप्रियता विश्वभर चुलिएको हो । यो डलको माग यति धेरै आइरहेको छ कि, बजारमा आइपुग्ने बित्तिकै सोल्ड आउट भइसक्छन् । यस्तोमा कम्पनीले यसको आपूर्ति बढाउने वाचा गरेको छ । लाबुबु राक्षस प्रजातिको खेलौना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण