प्रहरीमा महिलाको प्रतिस्पर्धा उच्च छ : आईजीपी थापा
सारांश
- आईजीपी दीपक थापाले महिला प्रहरीको प्रभावकारी कामको प्रशंसा गरे।
- प्रहरीमा महिलाको प्रतिस्पर्धा उच्च रहेको र संख्या बढाउने योजना रहेको छ।
- चैतमाया डङ्गोललाई सम्मान गरिएको थियो, जो ३१ वर्ष सेवापछि अवकाशमा गएकी हुन्।
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रधान प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।
नेपाल प्रहरीमा महिला प्रहरीको प्रतिस्पर्धा उच्च रहेको थापाले बताए । उनले भने, ‘अहिले १२ प्रतिशत भन्दा बढी महिला सङ्गठनमा छन्, प्रतिस्पर्धा उच्च छ ।’
प्रहरीमा महिला कर्मचारीको सङ्ख्या ९ हजार २७८ भए पनि त्यसमा सन्तोष मानेर बस्ने अवस्था नभएको उनले बताए । उनले भने, ‘परिणाममा २० प्रतिशत पुर्याउने गरी योजना बनाउने छौँ ।’
सम्मेलन महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित रहेको थापाले बताए । उनले भने, ‘सम्मेलन ज्ञान प्रेरणा र परिवर्तनको संवाहक बन्न सकोस् ।’
२००८ सालामा जवानमा भर्ना भएर असईमा अवकाश पाउने चैतमाया डङ्गोललाई सम्मेलनमा सम्मान गरिएको छ । डङ्गोल ३१ वर्ष सेवा गरेर अवकाशमा गएकी थिइन् । उनको त्यसबेलाको पद अहिलेको डीआईजी बराबर रहेको आईजीपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण