शिक्षामा दलीयकरण र मनपरीतन्त्रले देश पछाडि पर्यो : पूर्वप्रधानमन्त्री भट्टराई
सारांश
- डा. बाबुराम भट्टराईले शिक्षाको व्यापारीकरण, दलीयकरण, र गुणस्तरहीनतालाई देश पछाडि पर्नुको मुख्य कारण मानेका छन्।
- भट्टराईले शिक्षासम्बन्धी विधेयकमा भइरहेको बहसलाई राष्ट्रिय तमासाको रूपमा चित्रण गर्दै राजनीतिक दल र व्यापारीप्रति चिन्ता व्यक्त गरे।
- उनले संविधानमा शिक्षालाई मौलिक हक मानेको उल्लेख गर्दै शिक्षाको व्यापार गर्ने कुराको विरोध गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल पछाडि पर्नुको मुख्य कारण शिक्षा क्षेत्रको अनियन्त्रित व्यापारीकरण र मन्त्रिपरिषद् भएकोमा अतिशयोक्ति नहुने बताएका छन् । केहि समयदेखि शिक्षासम्बन्धी विधेयकबारे बहस भइरहेको बेला भट्टराईले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आरोप लगाएका हुन् ।
‘हाम्रो देश पछाडि पर्नुका अनेक कारण हुनसक्छन् र छन्। तर अहिलेको चरणमा एउटै प्रमुख कारण भन्नुपर्दा शिक्षा क्षेत्रको अनियन्त्रित व्यापारीकरण, दलीयकरण, गैरजिम्मेवारीपन, गुणस्तरहीनता, अस्तव्यस्तता, अराजकता, मनपरीतन्त्र नै हो भन्दा कुनै अतिशयोक्ति हुँदैन’, उनले लेखेका छन् ।
भट्टराईले शिक्षासम्बन्धी विधेयकमा संसद्, विषयगत समितिमा भइरहेका बहसलाई राष्ट्रिय तमासाको रुपमा चित्रण गरेका छन् । राजनीतिक दलहरूको चरम अवसरवाद, व्यापारीको नाङ्गो दादागिरीका कारण स्वाभिमानी मान्छे शिर ननिहुराई बस्न नसक्ने स्थिति बनेकोमा उनले चिन्ता गरेका छन् ।
‘केही समयदेखि शिक्षासम्बन्धी विधेयकबारे भइरहेको राष्ट्रिय तमासा, प्रमुख राजनीतिक दलहरूको चरम अवसरवादीता, शिक्षा व्यापारीहरूको नाङ्गो दादागिरी, शिक्षकहरूको स्वार्थान्धता, निरीह अभिभावक र कोमल विद्यार्थीहरूको निराशालाई हेरेर कुनै पनि विवेकशील र स्वाभिमानी मान्छे शिर ननिहुराई बस्न सक्दैन’, उनले भनेका छन्, ‘दशकौँको बलिदानपूर्ण सङ्घर्षपछि निर्वाचित जनप्रतिनिधिहरूले बनाएको देशको पहिलो संविधान अर्थात् मूल कानुनमा शिक्षालाई प्रत्येक नागरिकको ‘हक’ मानेर स्पष्ट भाषामा धारा ३१(२) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनिसकेपछि कसैले कुनै पनि खोल ओढेर शिक्षाको व्यापार गर्ने र राज्यको उच्च कुर्सीमा बसेर ल्यांगल्यांग गर्ने ठाउँ कहाँ रहन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण