विद्यालय शिक्षा विधेयक समितिबाट पारित भएपनि विवाद कायमै
सारांश
- विद्यालय शिक्षा विधेयक २०८० शिक्षा समितिबाट पारित भयो, तर यसमा विवाद कायमै छ।
- माओवादी केन्द्रले पूर्ण छात्रवृत्ति र रास्वपाले आवास सुविधाको माग गर्दै फरक मत राखेका छन्।
- भूमि विधेयकमा पनि माओवादी र रास्वपाले फरक मत राखेका छन्, तर कांग्रेस र एमालेको समर्थनमा पारित भयो।
काठमाडौँ । विद्यालय शिक्षा विधेयक–२०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार पारित भएको छ । तर विधेयकमाथि विवाद भने कायमै रहेको छ ।
माओवादी केन्द्रले उपसमितिको सहमतिअनुसार सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्नेमा जोड दिँदै पाँच बुँदे फरक मत राखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि छात्रवृत्तिसँगै आवास सुविधा अनिवार्य हुनुपर्ने र ईसीडीका सहजकर्तालाई शिक्षकको मान्यता दिनुपर्ने मागसहित तीन बुँदे फरक मत राखेको छ ।
समिति सभापति अम्मरबहादुर थापाका अनुसार प्रतिवेदनसहितको विधेयक अब प्रतिनिधिसभामा पेस गरिने छ। यसअघि असार १५ गते विधेयक पारित गर्ने तयारी भए पनि शिक्षक महासङ्घ र निजी विद्यालय सञ्चालकहरूको विरोधका कारण प्रक्रिया रोकिएको थियो ।
यसैबिच सरकारले ल्याएको भूमि विधेयकमा पनि माओवादी र रास्वपाले फरक मत राखेको छ । कृषि समितिको बिहीबारको बैठकले भूमि विधेयक पारित गरे पनि दुई दलको फरक मत रहेको हो ।
दुवै दलले शुक्रबारसम्मका लागि समय माग गरेका थिए । तर, कांग्रेस र एमालेले तत्काल पारित गर्ने भनेपछि उनीहरू बाहिरिएका हुन् ।
विद्यालय शिक्षा विधेयकमा सुमनाकाे यस्ताे छ फरक मत



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण