ओलम्पिकको तदर्थ समितिले भन्यो– हामीलाई आईओसी चाहिँदैन, मन्त्रालयले चिने पुग्छ
सारांश
- नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले पत्रकार सम्मेलन गर्यो र शक्ति प्रदर्शन गर्यो।
- समितिका संयोजक ध्रुव बहादुर प्रधानले ‘हामीलाई आईओसी चाहिँदैन, खेलकुद मन्त्रालयले चिने पुग्यो’ भने।
- समितिका प्रवक्ता समिम मिया अन्सारीले आईओसीले लामो समयदेखि समिति नियालिरहेको बताए।
काठमाडौँ । बिहीबार नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकार सम्मेलनमा तदर्थ समितिले आफ्नो शक्ति प्रदर्शन पनि गर्न भ्यायो ।
पत्रकारहरूको प्रश्न देखि भागेको समितिले मात्र ४ वटा प्रश्नको जवाफ मात्र दिन सक्यो । पत्रकार सम्मेलन सम्पन्न हुने समयको अन्तिममा समितिका संयोजक ध्रुव बहादुर प्रधानले बोलेको एक शब्दले निकै चर्चा पायो ।
उनले बोलेको शब्द थियो,‘हामीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) चाहिँदैन, खेलकुद मन्त्रालयले चिने पुग्यो ।’उनको यो भनाइ पछि सबैको ध्यान त्यसैमा केन्द्रित भयो । आईओसीले बनाएको भवनमा गरेको पत्रकार सम्मेलन त्यसमाथि दुई पटक अध्यक्ष भएका प्रधानबाट कसैले अपेक्षा गरेका थिएनन् ।
प्रधानले आफ्नो उक्त बोलिलाई पछि सच्याउन पनि दिएनन् । अध्यक्ष प्रधानले आफूहरू अब आधिकारिक कमिटी भएको हुँदा सबै अधिकार आफूहरूमा निहित हुने पनि बताए ।
‘हामी कानुनी रूपमा नै यहाँ आएका हौँ । म ओलम्पिक कमिटीको पूर्व अध्यक्ष भएका नाताले पनि साथीहरूले जिम्मेवारी दिनु भएको छ । त्यसलाई पूरा गरेर बाहिरिन्छु,’ प्रधानले भने ।
समितिका प्रवक्ता समिम मिया अन्सारीले सम्मेलनमा तदर्थ कमिटीलाई कुनै पनि पक्षले हस्तक्षेप नगरेका पनि बताए । यो समितिलाई आईओसीले लामो समय देखि नियालीरहेकाे पनि बताए ।
‘आईओसीले हामीलाई लामो समयदेखि निहाली रहेको छ । चाँडै नै निर्वाचन गराएर आउनेछौँ,’ अन्सारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण