शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक नभई सहजकर्ताको रूपमा प्रस्तुत गर्नेमा सचेत रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले भने, “म तपाईँहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईँहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।”
मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलब्धि निकाल्न सकिने विश्वास व्यक्त गरे । उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने बताए ।
उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा–सुविधाले उत्साहित बनेको छ । बजेटीय सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठुलो सम्भावना बोकेका आधार स्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबिच आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण