सुनधारा स्थित सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद
सारांश
- काठमाडौंको सिभिल मलबाट प्रहरीले ६ थान नक्कली पेस्तोल बरामद गरेको छ।
- प्रहरीले नक्कली हतियार आयात गरी बेच्ने आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिले हतियार ५०१ मा किनेर १४ देखि १९ हजारमा बेच्ने गरेको पाइएको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको सुनधारा स्थित सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद गरेको छ । सिभिल मलको पाँचौँ तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको ‘द टोय स्टोर’बाट अटोमेटिक पेस्तोल जस्तो देखिने नक्कली हतियार बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोराले रातोपाटीलाई बताए ।
हतियार आयात गर्ने र बेच्ने गरेको आरोपमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ । बिहीबार पक्राउ गरेर आरोपीबिरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा ५ दिनका म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
आरोपीले नेपाली रुपैयाँ ५ सय १ मा सो हतियार आयात गरेर १४ देखी १९ हजार सम्म लिएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
नक्कली भएपनि सो हतियारको तौल प्रहरीले बोक्ने गरेको पेस्तोलसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण