गैरआवासीय राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र
सारांश
- ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए।
- राजदूत काफ्लेले नेपाल र पेरुबीचको सम्बन्ध सुधारका लागि विभिन्न उच्च अधिकारीहरूसँग भेटघाट गरे।
- दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन र व्यापार प्रवर्द्धनमा सहयोग गर्ने सहमति जनाए।
काठमाडौँ । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका लागि गैरआआवासीय नेपाली राजदूतको रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार पेरुको राजधानी लिमामा आयोजित एक विशेष समारोहमा उनले पेरुकी राष्ट्रपति डिना एर्सिलिया बोलुआर्टे जेग्गारालाई उक्त प्रमाणपत्र बुझाएका हुन् ।
सो अवसरमा राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पेरुकी समकक्षी जेग्गाराको व्यक्तिगत स्वास्थ्य, सुख र पेरुका जनताको शान्ति तथा समृद्धिको शुभकामना सन्देश सुनाएका थिए । पेरुकी राष्ट्रपति जेग्गाराले राजदूत काफ्लेलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरिन् । उनले नेपाल सरकार तथा नेपाली जनताप्रति आफ्नो तर्फबाट पनि शुभकामना दिएको त्यहाँका दूतावासले आज जारीको विज्ञप्तिमा उल्लेख छ ।
पेरुको परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहपछि राजदूत काफ्लेले पेरुका विभिन्न उच्च अधिकारीहरूसँग भेटघाट गरेका थिए ।
लिमा बसाइका क्रममा राजदूत काफ्लेले एसिया–ओसेनियाका लागि महानिर्देशक फर्नान्डो क्विरोस र आर्थिक मामिलाका लागि महानिर्देशक जर्ज फेलिक्स रुबियो कोरेआसँग परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरे। भेटमा दुई पक्षबिच कूटनीतिक राहदानीवाहकलाई भिसा छुट दिने व्यवस्था गर्ने र द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति भएको विज्ञप्तिमा जनाएको छ ।
यसैगरी, पेरुले दक्षिण–दक्षिण सहयोगअन्तर्गत नेपाललाई विपद् जोखिम व्यवस्थापन, खानेपानी, सरसफाइ र दिगो सहर जस्ता क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्न व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानलाई सहज बनाउने विषयमा पनि दुवै पक्षबिच छलफल भएको थियो ।
साथै जलवायु परिवर्तनले दुवै देशको जैविक विविधतामा पारेको प्रतिकूल असरबारे पनि दुवै पक्षमा कुराकानी भएको थियो । नेपाल, जो हिमालयको काखमा छ, र पेरु, जो विशाल एन्डिज पर्वत शृङ्खलाको संरक्षक हो, दुवैले दिगो पर्वतीय विकासको साझा एजेन्डामा अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्दै आएका छन् । यस सहकार्यलाई अझै बलियो बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण