चिनियाँ एक्जिम बैंकको एजेन्ट बन्यो सानिमा बैंक, दुई जलविद्युत आयोजनामा लगानी सहजीकरण गर्ने
सारांश
- सानिमा बैंकलाई चीनको एक्जिम बैंकले नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ, जसले दुई जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्नेछ।
- सम्झौता अनुसार, सानिमा बैंकले मनाङ मर्स्याङ्दी र लाङटाङ भोटेकोशी हाइड्रोपावरका लागि एक्जिम बैंकको तर्फबाट मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।
- यो सम्झौताले सानिमा बैंकलाई ठूलो परिमाणमा चिनियाँ मुद्राको अन्तरदेशीय कारोबार नेपाल भित्र्याउन सफल बनाएको छ।
काठमाडौं । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ। कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न सानिमालाई एजेन्ट बैंक तोकिएको हो।
यससम्बन्धी सम्झौतापत्रमा चीनको सिचुआनमा आयोजित एक विशेष कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सानिमाले मनाङ मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) का लागि चिनियाँ एक्जिम बैंकको तर्फबाट मध्येस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।
सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र चिनियाँ एक्जिम बैंकको सिचुआन शाखाकी उपाध्यक्ष वु यानजुनले हस्ताक्षर गे। कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङचोङ र मुख्य लगानीकर्ता कम्पनी इन्टरनेशनलका अध्यक्ष लियाओ बिनको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले आफ्नो बैंकलाई विश्वास गरी छनौट गरेकोमा एक्जिम बैंकप्रति आभार व्यक्त गरे। उनले यस सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तारमा टेवा पुग्ने र ऊर्जा तथा पूर्वाधार जस्ता क्षेत्रमा नेपाललाई महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा चिनियाँ एक्जिम बैंक र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न संयुक्त प्रतिबद्धता जनाएका थिए। उनीहरूले सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने बताउँदै भविष्यमा अन्य क्षेत्रमा सहकार्यका लागि यी परियोजनाहरू कोशेढुंगा साबित हुने विचार व्यक्त गरे।
यो सम्झौतासँगै हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (युआन) को अन्तरदेशीय कारोबार नेपाल भित्र्याउन सानिमा बैंक सफल भएको बताइएको छ। यसले बैंकको कार्यक्षमता र साख वृद्धि गर्नुका साथै देशको दिगो विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण