बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२०५२ देखि ८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

शुक्रबार, ०६ भदौ २०८२, १६ : २०
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • गृहमन्त्री रमेश लेखकले २०५२ देखि २०८२ असारसम्म माइन विस्फोटमा ६५१ जनाको मृत्यु भएको बताए।
  • सांसद मदनकुमार साहको जिज्ञासामा गृहमन्त्रीले द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई राहत रकम प्रदान गरिएको बताए।
  • घाइते र शहीदका सन्तानलाई छात्रवृत्ति, टुहुरा बालबालिकालाई मासिक भत्ता र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता दिइने व्यवस्था छ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएका छन् । 

राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारे जानकारी गराएका हुन् । मन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते भएको जानकारी दिँदै द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको बताए । 

उनका अनुसार घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका दरले मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आइएको छ । 

उनले भने,‘नेपाल प्रहरीबाट प्राप्त जानकारीअनुसार माइन तथा विष्फोटनमा परी वि.सं.२०५२ सालदेखि २०८२ को असारसम्म प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु तथा २ हजार ८ सय ९९ जना घाइते हुनुभएको छ । द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको, घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका दरले मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ । साथै परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको व्यहोरा अनुरोध गर्दछु ।’

गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप