वैदेशिक व्यापारमा सुधार : आयात ११ प्रतिशत र निर्यात झण्डै दोब्बरले वृद्धि
सारांश
- आर्थिक वर्ष २०८२/८३ को साउनमा नेपालको वैदेशिक व्यापारमा निर्यात झण्डै दोब्बरले वृद्धि भएको छ।
- आयात ११.४२ प्रतिशतले वृद्धि हुँदा निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको छ, तर व्यापार घाटा बढेको छ।
- आयात–निर्यात अनुपातमा सुधार भएको छ र कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेको छ।
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापारमा उत्साहजनक सङ्केत देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा निर्यात झण्डै दोब्बरले वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार आयात ११.४२ ले वृद्धि हुँदा निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा १ खर्ब ४३ अर्बको सामान आयात भएको छ ।
गत आर्थिक वर्षको पहिलो साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड बराबरको सामान आयात भएको थियो। यसरी गत वर्षको सोही समयसँग तुलनामा गर्दा ११.४२ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
त्यस्तै, विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पहिलो साउन महिनामा १२ अर्ब २२ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
निर्यातमा उल्लेख्य सुधार भए पनि आयातको आकार ठुलो भएकाले देशको व्यापार घाटा भने बढेको छ । गत वर्षको पहिलो महिनामा ११६ अर्ब १५ करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष २.५५ प्रतिशतले बढेर ११९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
आयात–निर्यात अनुपातमा सुधार भएको छ । गत वर्ष १०.५० रुपैयाँको आयात हुँदा १ रुपैयाँको निर्यात हुने गरेकोमा यस वर्ष यो अनुपात घटेर ५.९८ मा झरेको छ। यसले व्यापार सन्तुलनमा सुधारको सङ्केत गरेको छ ।
कुल व्यापारमा निर्यातको हिस्सा बढ्यो तथ्याङ्क सार्वजनिक भएको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको ८.७० प्रतिशतबाट उल्लेख्य रूपमा बढेर यस वर्ष १४.३३ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण