‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ शीर्षकमा बहस हुने
काठमाडौँ । लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करणको प्रकाशन अवसरमा शनिबार ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ शीर्षकमा बहस कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रम होटल हार्दिक, बागबजारमा बिहान २ः०० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन हुने छ ।
कार्यक्रमका प्रमुख वक्ता डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष, नेसपा (नयाँ शक्ति) हुनेछन्। साथै बहसमा सहभागी हुने अन्य वक्ताहरूमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, नेता, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा वास्कोटा रहेका छन् ।
पुस्तकको दोस्रो संस्करण प्रकाशनसँगै आयोजना गरिएको यस बहस कार्यक्रममा नेपाली राजनीतिको वर्तमान अवस्था, चुनौती र सम्भावित रूपान्तरणमाथि गहन चर्चा हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण