पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
शनिबार, ०७ भदौ २०८२, ०८ : २४
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरोका कारण अवरुद्ध भएको थियो।
- बिहान ६:३५ बजे खसेको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको थियो।
- सडक बिहान ८:०० बजेबाट दुवैतर्फ सञ्चालनमा आएको छ, तर सावधानी अपनाउन आग्रह गरिएको छ।
भरतपुर । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि बिहान ८:०० बजेबाट सडक दुवैतर्फ सञ्चालनमा आएको छ । यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक यात्रा गर्न सडक सुपरभाइजर ईश्वर क्षेत्री आग्रह गरेका छन् ।
सडक सञ्चालनमा आएसँगै बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण