बागमती नदीलाई पुरानै निर्मल र कञ्चन स्वरूपमा फर्काउँछौँ - मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती नदीलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरे।
- बागमती प्रदेश सरकारले नदी सफाइ र सौन्दर्यीकरणलाई प्रमुख दायित्वको रूपमा लिएको छ।
- मुख्यमन्त्रीले बागमती नदीको संरक्षण सरकार र नागरिक दुवैको साझा जिम्मेवारी भएको बताए।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सभ्यताको स्रोत बागमती नदीलाई पुरानै निर्मल र कञ्चन स्वरूपमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बागमती सरकारले सभ्यता जगेर्ना नदी सफाइ र सौन्दर्यीकरणलाई प्रमुख दायित्वको रुपमा लिएको बताए ।
शनिबार काठमाडौँमा आयोजित बागमती करिडोर कुपन्डोलमा २५ औं बागमती रिभर फेष्टिभल समापन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नदी प्रणाली मानव सभ्यताको आधार भएको र बागमती नदीको किनारमा नै मानव सभ्यताको विकास भएको स्मरण गराए । प्रदेशको नाम नदीको नामबाट राख्नुले यसको संरक्षण र संवद्र्धनमा सरकारको थप जिम्मेवारी बढेको उनको भनाइ थियो । उनले संघीयता र गणतन्त्रको मर्मअनुसार बागमती नदीको सभ्यतालाई पुनर्जीवन दिनु आवश्यक रहेकोमा जोड दिए ।
बागमती नदी नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग मात्र नभई बागमती प्रदेशको नामसँग समेत जोडिएकोले यसको संरक्षण गर्नु सरकार र नागरिक सबैको साझा जिम्मेवारी भएको उनले बताए । सुन्दरी घाटलाई सुन्दर बनाउने अभियानमा स्थानीयको सहभागिता, विशेषगरी महिलाहरुको भूमिकाको प्रशंसनीय रहेको उनले बताए । प्रदेश सरकारले बागमतीलाई सफा गर्न द्रुत गतिमा काम गर्ने र यसका लागि प्रदेशसभा सदस्य लगायत सबै पक्षसँग सहकार्य भइरहेको उनको भनाइ छ ।
‘मान्छेको सभ्यताको विकास नदी प्रणालीबाटै भएको हो । यही सभ्यता र साझा पहिचानलाई सम्मान गर्दै कुनै जात, धर्म वा समुदायसँग नजोडी सबैको साझा सम्पत्तिको रूपमा प्रदेशको नाम बागमती राखिएको हो ।’ उनले थपे, ‘हिजोको जस्तै निर्मल र कञ्चन बागमतीलाई फेरि त्यही रुपमा फर्काउन सरकारले कुनै कसर बाँकी राख्ने छैन । यो हाम्रो दायित्व हो र हामी यसलाई पूरा गरेरै छाड्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण