विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन : कर्ण थापा
सारांश
- पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताए।
- थापाले विद्या भण्डारीलाई एमालेमा कसैले इन्ट्री दिन नपर्ने र उहाँ आफैंले पार्टी निर्माण गरेको बताए।
- उनले एमालेको विधान महाधिवेशनमा विद्या भण्डारीको विषयले महत्त्व पाउने विश्वास व्यक्त गरे।
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमित लिनुपर्ने कुरा नभएको बताएका हुन् ।
उनले भने,‘विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका व्यक्ति हौँ, हिजो विद्या भण्डारीले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने थियो ? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो र ? कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ? अनि के हो त ?’
आफैँले निर्माण गरेको पार्टी भएकोले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको चेतावनी छ । उनले भने,‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बिचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ । पार्टीमा नेता भनेको दुई किसिमका हुन्छन्, एउटा पदका नेता हुन्छन् । अर्को भनेको जनसमर्थनको नेता हुन्छ । पदका नेता थिए, ती मान्छे आज छैनन् । जससँग सही विचार छैन, सही मान्यता छैन । लक्ष्य र उद्देश्यमा हिँड्दैनन् । नीतिमा हिँड्दैन, तीनका पदहरू समाप्त भएर जान्छन् । पदै नभएका मान्छेहरू नयाँ नयाँ प्रकारले उदय हुन्छन् । त्यो जनताले गर्ने कुरा हो । कार्यकर्ताले गर्ने कुरा हो । विद्या भण्डारीको राजनीतिक सक्रियता निरन्तर रूपमा अघि बढ्छ । जनता र कार्यकर्ताले गर्नुपर्ने फैसला गर्छन् । उहाँको सक्रियता रोकिँदैन । विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ । सिङ्गै पङ्क्ति सही निष्कर्षमा पुग्छ भन्ने मेरो विश्वास छ ।’
उनले विद्या भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे । उनले भने,‘एमाले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ । यसले कसैलाई निषेध गर्दैन । जन्मसिद्ध अधिकार सङ्कुचन गर्न पाइँदैन भन्ने हो । मान्छेको अधिकारलाई लिपिबद्ध गर्न सक्छ । प्राकृतिक अधिकार सीमित गर्ने वा गर्ने रोक्ने भन्दैन । कुनै पनि नागरिक अधिकारलाई सङ्कुचन गर्ने कुरालाई स्वीकार गर्दैन । राणा शासनविरुद्ध लड्न पाइँदैन भन्दा पनि जनता लडेर त्यो शासन लडेर अन्त्य गरे । पञ्चायतविरुद्ध पनि लडे । पञ्चायत पनि अन्त्य भयो ।’
जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायको निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाइँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाई छ । उनले भने,‘हाम्रो पार्टीको विधान महाधिवेशन आउँदै छ, अब राष्ट्रिय महाधिवेशन हुँदैछ । हाम्रो पार्टीको हित के गर्दा हुन्छ ? लोकतान्त्रिक अधिकारको रक्षा हुन्छ, सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई मध्यनजर गरेर, जनताको मनोभावना हेरेर हामी छलफल गर्छौँ । त्यति वेलासम्म उपयुक्त निष्कर्षमा पुग्छौँ ।’
उनले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पङ्क्तिले गर्न नहुने पनि मत राखे । उनले भने,‘केन्द्रीय कमिटीको बैठकको निष्कर्ष पनि त्यही हो । विद्या भण्डारी एमालेको राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषयमा हाम्रा केही फरक मत छन् । एमालेको केन्द्रीय कमिटीले एउटा निर्णय गरेको छ । त्यो निर्णय गरिरहँदा पनि विद्या भण्डारीले नेपालको लोकतन्त्रको विकासको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, लोकतान्त्रिक व्यवस्था स्थापनाको निम्ति धेरै महत्त्वपूर्ण योगदान गर्नुभएको छ । गणतन्त्रको रक्षाको निम्ति, उहाँको गरिमा, इज्जत र प्रतिष्ठामा आँच आउने गरि कुनै प्रकारको अभिव्यक्ति दिनुहुँदैन भन्ने निर्णय पनि गरेको छ । जनताको विश्वास बढ्ने, जनतामा एमालेको सम्मान र इज्जत बढ्ने निर्णय गर्नुपर्छ । जनताको समर्थन घट्ने निर्णय गर्नुहुँदैन । गम्भीर प्रकारका निर्णय गर्दा बलमिच्याईं, आवेग र उत्तेजनामा आएर गर्नहुँदैन । असर र प्रभाव हेरेर गम्भीर प्रकृतिका निर्णय लिने मान्यता लिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण