ज्ञान कार्निभलमा ३ खेल
शनिबार, ०७ भदौ २०८२, १७ : ३४
सारांश
- ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औँ ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ।
- कार्निभलमा बास्केटबल, फुटबल र नेटबल खेलमा प्रतिस्पर्धा हुनेछ।
- यो प्रतियोगिता सन् १९९४ देखि सुरु भएको र ललितपुरको खोकनामा खेलिनेछ।
काठमाडौँ। ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औँ ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ । कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी हुने छन् । ब्वाइज फुटबलमा ५ टिमले खेल्ने छन् । नेटबलमा ४ गर्ल्स टिमको सहभागिता रहने छ ।
विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मानिने ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो । प्रतियोगिताका खेलहरू ललितपुरको खोकनास्थित आयोजकको हातामा खेलाइने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण