रोनाल्डोको अल नासरलाई हराउँदै अल अहिलले जित्यो उपाधि
शनिबार, ०७ भदौ २०८२, २० : १६
सारांश
- साउदी सुपर कपको उपाधि अल अहिल साउदीले जितेको छ।
- फाइनलमा अल अहिलले क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरलाई पेनाल्टी सुटआउटमा हरायो।
- प्रतियोगितामा अल नासर र अल अहिलले क्रमशः अल इत्तिहाद र अल क्वादिसियालाई सेमिफाइनलमा पराजित गरेका थिए।
काठमाडौँ । साउदी अरबको घरेलु फुटबल प्रतियोगिता साउदी सुपरको कपको उपाधि अल अहिल साउदीले जितेको छ ।
नेपाली समयअनुसार शनिबार साँझ सकिएको खेलमा क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै अल अहिल उपाधि हात पार्न सफल भयो ।
अल अहिलका पाँचै खेलाडीले गोल गर्दा नासरका एक खेलाडीको प्रहार अल अहिलका गोलकिपरले बचाउ गर्न सफल भए ।
अल नासले अल इत्तिहाद र अल अहिलले अल क्वादिसियालाई सेमिफाइनलमा हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
पहिलो पटक यो प्रतियोगिता सन् २०१३ मा भएको थियो । सुरुवाती चरणमा यो खेल एकै म्याचमा हुने गर्थ्यो, तर पछिल्ला वर्षमा यसलाई चार टिमको मिनी टुर्नामेन्टमा रूपान्तरण गरिएको छ । यस प्रतियोगिता सामान्यतया सिजन सुरु हुनु अगाडि वा बिचतिर हुने गर्छ ।
खेल प्रायः रियाद, जेद्दा जस्ता सहरहरूमा हुने गर्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण