बिहारमा सडक दुर्घटनाबाट कम्तीमा १० जनाको मृत्यु
सारांश
- शनिबार बिहारमा अटो रिक्सा र ट्रक ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
- दुर्घटना पटना-हिल्सा राजमार्गमा भएको थियो, जसमा ९ महिला र रिक्सा चालकको मृत्यु भयो।
- प्रहरीले ट्रक चालकको खोजी गरिरहेको छ र दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।
नयाँदिल्ली । भारतको बिहारमा शनिबार एउटा अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा उक्त दुर्घटना भएको हो ।
“शनिबार विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,” एक वरिष्ठ प्रहरी अधिकारीले भने। अटोरिक्सा चालकसहित यसमा सवार यात्रुहरू हताहत भएका प्रहरीले जनाएको छ ।
तीन जनालाई उपचारका लागि अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु भएका १० जनामध्ये ९ जना महिलासहित अटोरिक्सा चालक रहेको र बाँकी ट्रकमा आएका व्यक्ति रहेको अधिकारीहरुले बताएका छन् ।
ठक्करबाट अटोरिक्सामा पूर्णरुपमा क्षति भएको छ ।
दुर्घटनापछि फरार रहेका ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । ट्रक चालकलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण