अर्जुनका कारण सलमानले छोडे ‘नो इन्ट्री’ !
सारांश
- निर्माता बोनी कपूरले नयाँ कलाकारहरू सहित फिल्म 'नो एन्ट्री' को सिक्वेल बनाउँदैछन्।
- सलमान खानले व्यावसायिक र व्यक्तिगत कारणले गर्दा फिल्मको सिक्वेलमा काम गर्न अस्वीकार गरे।
- अर्जुन कपूर र सलमान खानबीचको सम्बन्धका कारण सलमानले फिल्म अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ।
मुम्बई । निर्माता बोनी कपूरले नयाँ कलाकारहरूसहित फिल्म ‘नो एन्ट्री’ को सिक्वेल बनाउँदैछन्। सन् २००५ को यो ब्लकबस्टर कमेडी फिल्ममा सलमान खान, अनिल कपूर, फरदीन खान र बिपाशा बसु थिए। तर मूल स्टार कास्टले विभिन्न कारणले फिल्मको सिक्वेलमा काम गर्न अस्वीकार गरेका छन्।
मिडिया रिपोर्टहरूका अनुसार, सलमान खान व्यावसायिक मात्र नभई व्यक्तिगत कारणले पनि नो एन्ट्रीको सिक्वेलको हिस्सा बन्न चाहँदैनथे। हिन्दुस्तान टाइम्सको रिपोर्टलाई विश्वास गर्ने हो भने, सलमानले अर्जुन कपूरका कारण फिल्मलाई अस्वीकार गरेका हुन्।
रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै लेखिएको छ – ‘सबै कुरा स्पष्ट छ। सलमानको निर्माता बोनी कपूर र अर्जुन कपूर दुवैसँग समस्या छ। यस कारण बोनीसँग मूल कलाकारको सट्टा नो एन्ट्रीमा नयाँ कास्टिङ गर्नुको विकल्प थिएन।’

हालैको एक अन्तर्वार्तामा बोनी कपूरले फिल्मको मूल कलाकारलाई कायम राख्न नसक्नु आफ्नो क्षति भएको बताएका थिए। उनले भनेका थिए- ‘हामीले लगभग ८ देखि १० वर्ष पर्ख्यौं। तर कुनै कारणले यो काम पूरा हुन सकेन। हामी उनीहरूलाई सम्झनेछौँ। अब हामी नयाँ सुरुवात गर्ने प्रयास गरिरहेका छौं, जसमा नयाँ र युवा कलाकारहरू हुनेछन्। हामी सलमान, अनिल र फरदीनलाई पक्कै सम्झनेछौँ।’
अर्जुनले मलाइका अरोरालाई डेट गर्न थालेपछि सलमान र अर्जुनबिच तनावको खबर तब आएको थियो । मलाइका सलमानका भाइ अरबाज खानकी पूर्व पत्नी हुन्।
सिक्वेलको बारेमा कुरा गर्दा, यसमा वरुण धवन, अर्जुन कपूरसँगै दिलजीत दोसांझ पनि देखिनेछन्। ‘नो इन्ट्री’ निर्देशक अनीस बज्मीले पनि सिक्वेल निर्देशन गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण