जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाउने
सारांश
- जनता समाजवादी पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
- पार्टीले प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्री बनाउने निर्णय गरेको छ।
- मन्त्रीहरूले भदौ ११ गतेभित्र राजीनामा दिनेछन् र नयाँ मन्त्रीहरू सरकारमा सहभागी हुनेछन्।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।
सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।
सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए ।
उनले भने– ‘सरकारमा हाम्रो पार्टीबाट मन्त्री रहनुभएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।’
सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झा (ठाकुर) को नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो तर उनी विना विभागीय मन्त्रीमा नजाने बरु एक वर्ष कुर्ने भनेकी थिइन् ।
त्यस्तै यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा.वीरेन्द्र महतो वनमन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण