१२औँ छायाँछवि तिज अवार्ड, कसले के जिते ?
काठमाडौंँ । स्मारिका ढकाल उत्कृष्ट तिज गीत म्युजिक भिडियो मोडल घोषित भएकी छन् ।
राजधानीमा एक कार्यक्रम सहित बाँडिएको ‘१२औं छायाँछवि तीज अवार्ड २०८२’मा उनले ‘काली पसम कि –२’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । अवार्डमा उत्कृष्ट तिज गीत गायिका भने जुनु गौतम घोषित भइन् । उनले ‘आइपुग्यो तिज’ गीतबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् । सोही अवसरमा १८ अवार्ड, ६ सम्मान र १ पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा गायिका गीता भट्टराई, सारीका घिमिरे, अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायुलाई तिज नारी सम्मान प्रदान गर्दा गायिका शुशीला वस्नेत तिमील्सीले डायस्पोरा सम्मान प्राप्त गरिन् । उक्त अवसरमा एघार हजार राशी सहितको छायाँछवि दिपाशा स्मृति पुरस्कार मोडल कलाकार सञ्चिता शाहलेलाई प्रदान गरियो ।
चलचित्र विकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका वन्दना, अवार्डका अध्यक्ष शान्तिप्रिय, अवार्ड संयोजक कृष्णा आचार्य रोशनी लगायतले पुरस्कार प्रदान गरे ।
क–कस्ले जिते अवार्ड ?
उत्कृष्ट तिज गीत एरेन्जर : विपिन आचार्य (आइपुग्यो तिज)
उत्कृष्ट तिज गीत ध्वनी मिश्रण : मनोज परियार ( तिजका गीत कस्ता)
उत्कृष्ट तिज गीत छायांकार : मुकेश हुमागाई (बारुले कम्मरको ठुम्का)
उत्कृष्ट तिज गीत सम्पादक : सुजन कोइराला (चोली फाटेको)
उत्कृष्ट तिज गीत मोडल (पुरुष) : भुवन के पोखरेल (माईत बरीलै)
उत्कृष्ट तिज गीत मोडल (महिला) : स्मारिका ढकाल ( काली पसम कि –२)
उत्कृष्ट तिज गीत नृत्य निर्देशक : श्रीजन बराल ऋषि (कट्टि कट्टि)
उत्कृष्ट तिज गीत भिडियो निर्देशक : जेरी भण्डारी (काली पसम कि –२)
उत्कृष्ट तिज गीत शब्द : जनक रावल (तिज आयो साथी संगी)
उत्कृष्ट मौलिक तिज गीत शब्द : याम प्रसाद निउरे (चोली फाटेको)
उत्कृष्ट तिज गीत लय : भावना आचार्य (सोच सोच)
उत्कृष्ट मौलिक तिज गीत लय : योगेश काजी (मलाई हेरी हेरी)
उत्कृष्ट तिज दोहोरी गीत गायक : रामचन्द्र काफ्ले (सोच सोच)
उत्कृष्ट तिज दोहोरी गीत गायिका : सुजाता के.सी (सासुको तिज)
उत्कृष्ट तिज गीत युगल गायन : नम्रता तामाङ/बवी नेम्वाङ लिम्बु/निलम रोक्का कार्की (किन्दिने हो कल्ले)
उत्कृष्ट तिज गीत गायिका : जुनु गौतम (आइपुग्यो तिज)
उत्कृष्ट मौलिक तिज गीत गायिका : रेखा शाह (मलाई क्या माया)
इनकरेजमेन्ट अवार्ड गायिका : पुजन काफ्ले (छड्के तिलहरी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण