बहिनीलाई जिस्काउने युवकको हत्या, जन्मदिनको केक काटेकै चक्कु प्रयोग
मध्यप्रदेश । भारतको मध्यप्रदेशस्थित गुनामा एक २१ वर्षीय युवकले आफ्नी बहिनीलाई दुर्व्यवहार गर्ने एक युवकको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
घटनाको सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने हत्यामा प्रयोग गरिएको चक्कु त्यही थियो, जसले केही दिनअघि आरोपीकी बहिनीले आफ्नो जन्मदिनको केक काटेकी थिइन् ।
प्रहरी अनुसन्धानका अनुसार मृतक अनिलले आरोपी अभिषेक टिङ्गाकी बहिनीसँग लगातार सम्पर्क गरी उनलाई दबाब दिइरहेका थिए । उनले युवतीलाई बिहे गर्न आग्रह गर्दै सुनचाँदीका गहना दिने प्रलोभन देखाएका थिए ।
अनलाइनबाट मगाएका थिए पाँच वटा चक्कु
पीडित युवतीले दाइ अभिषेकलाई सबै कुरा बताएपछि उनी आक्रोशित भएका थिए । त्यसपछि अभिषेकले आफ्ना साथीहरूसँग मिलेर अनिलको हत्या गर्ने योजना बनाए । प्रहरीका अनुसार अभिषेक र उनका साथीहरूले हत्याको योजना बनाउन अनलाइनबाट पाँच वटा चक्कु मगाए र कैयौं दिनदेखि अनिलका गतिविधिमाथि निगरानी गरिरहेका थिए ।
शुक्रबार अनिल रक्सी पिइरहेको सूचना पाएपछि अभिषेक र उनका साथीहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अनिललाई घेरा हालेर जन्मदिनको केक काटेको त्यही चक्कुले आक्रमण गरे । घटनापछि सबै आरोपी फरार भएका छन् ।
गुनाका प्रहरी अधिक्षक अंकित सोनीले बहिनीको जन्मदिन मनाइएको चक्कुले नै हत्या गरिएको पुष्टि गरेका छन् । उनले घटनाबारे अनुसन्धान जारी रहेको र फरार आरोपीहरूको खोजी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण