गत निर्वाचनमा नाउपाबाट उम्मेदवार बनेका धनीराम जनमत पार्टीमा प्रवेश
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नेताहरू दल परिवर्तनतर्फ लाग्न थालेका छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को उम्मेदवार रहेका धनीराम चौधरीसहितका नेता तथा कार्यकर्ताहरूले आइतबार जनमत पार्टीमा प्रवेश गरेका छन् ।
रुपन्देहीको सियारी गाउँपालिकाको हनैयामा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चौधरीलगायतलाई पार्टी प्रवेश गराएका हुन् ।
लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार नवप्रवेशीहरूमा थारु कल्याणकारी एवं थरुहट सङ्घर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहेका छन् ।
गत निर्वाचनमा रुपन्देही–१ बाट धनीराम चौधरीले करिब १४ हजार मत प्राप्त गरेका थिए ।कार्यक्रममा अध्यक्ष राउतले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने र राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण