अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दामा आयोगद्वारा पुनरावेदन
सारांश
- अख्तियारले सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको छ।
- अख्तियारले अन्तःशुल्क स्टिकर छपाइमा संलग्न १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा ३८ करोड बढीको बिगो दाबी थियो।
- विशेष अदालतले केहीलाई दोषी ठहर र केहीलाई सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर गरेको आरोप लगाएको थियो । आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सो मुद्दामा २०८१ मङ्सिर १३ गते फैसला गरेको थियो । त्यसमा केही प्रतिवादीलाई आंशिक ठहर गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण