धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्ब कायम
सारांश
- धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
- नेप्से सूचकाङ्क बढेर २७९४.७९ पुगेको छ, र सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ।
- बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा धितोपत्र बजार पुँजीकरणमा ५४.१ प्रतिशत रहेको छ।
काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम गरिएको हो ।
२०८१ असार मसान्तमा बजार पुँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । ०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ ।
२०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २ सय ७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य रु.८ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा रु.४० अर्ब २१ करोड बरावरको साधारण सेयर, रु.२४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, रु.१३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु. ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.१५ अर्ब २० करोड बरावरको म्युचुअल फण्ड, रु.१० अर्ब ६२ करोड बराबरको डिबेन्चर र रु.३ अर्ब ९३ करोड बराबरको साधारण सेयर गरी कुल रु.४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण