बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणका लागि दुई मन्त्री स्थलगत अनुगमनमा

सोमबार, ०९ भदौ २०८२, १२ : ५६
सोमबार, ०९ भदौ २०८२

सारांश

  • स्वास्थ्यमन्त्री र खानेपानीमन्त्री हैजाको प्रकोप नियन्त्रणका लागि वीरगञ्ज पुगेका छन्।
  • वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिएपछि संघीय सरकारले विशेष चासो दिएको छ।
  • मन्त्रीहरूले नारायणी अस्पतालमा हुने बैठकमा हैजा नियन्त्रणबारे छलफल गर्नेछन्।

काठमाडौँ । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् ।

गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलबाट सुरु भएको हैजा अहिले समुदायस्तरमै फैलिँदै गएपछि सङ्घीय सरकारले विशेष चासो देखाएको हो ।

सङ्क्रमण नियन्त्रणमा आउनुको सट्टा नयाँ बिरामी थपिने क्रम जारी रहेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको आकस्मिक बैठकले दुवै मन्त्रीलाई प्रत्यक्ष अनुगमनमा पठाउने निर्णय गरेको थियो ।

मन्त्रीद्वयले वीरगञ्ज पुगेर नारायणी अस्पतालमा आयोजना हुने बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ । सो बैठकमा हैजा नियन्त्रणका लागि तत्काल अपनाउनुपर्ने उपाय, द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालन तथा स्रोत व्यवस्थापनबारे छलफल हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल हैजाबाट सङ्क्रमित अधिकांश बिरामीको उपचार नारायणी अस्पतालमा भइरहेको छ भने समुदायमा नयाँ सङ्क्रमित भेटिने क्रम रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप