रेसको गुण्डागर्दी : तरबारले केक काटेको ६ महिनापछि युवकमाथि कुटपिट
सारांश
- गुण्डागर्दीमा संलग्न रेस लामालाई चाबहिलबाट प्रहरीले पक्राउ गरेको छ।
- उनले एक व्यक्तिलाई कुटपिट गरेको र २ लाख ८० हजार नदिएको आरोप लागेको छ।
- लामा नेपाली कांग्रेसका सांसद निकट रहेको बताइएको छ।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न रेस लामा तरबारले केक काटेर टिकटकमा भिडियो पोस्ट गर्दै आतङ्क मच्चाएको आरोपमा २०८१ माघ २४ मा पक्राउ परेका थिए । आफूलाई रेस लामा भनेर चिनाउने गोपाल मोक्तान ६ महिनापछि फेरि पक्राउ गरेका छन् ।
आइतबार साँझ उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चाबहिलस्थित एवान क्याफेबाट पक्राउ गरेको हो । भदौ ४ मा काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित बाजेको सेकुवामाएकराज कार्की ‘जनक’लाई कुटपिट गरेको उनीमाथि आरोप छ ।
जनकलाई रेसले २ लाख ८० हजार तिर्नुपर्ने थियो । तर, सो रकम माग्दा रेसले उल्टै कुटपिट गरेको पीडितको आरोप छ ।
उनीविरुद्ध जनकले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता गरेर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
रेस लामा दोलखाको बैतेश्वर गाउँपालिका–३ का स्थानीय हुन् । काठमाडौँको सुकेधारा बस्ने उनी नेपाली कांग्रेसका बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेनिकट मानिन्छन् ।
६ महिनाअघि तरबारले केक काटेर आतङ्क मच्चाएको आरोपमा लामा सहित ७ जना पक्राउ परेका थिए । त्यस बेला रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ पक्राउ परेका थिए ।
टिकटकमा खुकुरी र तरबारले केक काटेर ‘शोअफ’ गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण