इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको यातायात महासंघको आपत्ति
सारांश
- सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडानको निर्णयको विरोध गरेको छ।
- महासंघले पूर्वाधार बिनाको यो निर्णयले आर्थिक बोझ बढाउने र विवरण विदेशीको नियन्त्रणमा पुग्ने जनाएको छ।
- महासंघले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात व्यवसायी र नागरिकलाई अनुरोध गरेको छ।
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले असोज १ गतेदेखि सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनी गरेको निर्णयको विरोध गरेको छ ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- ‘देशमा कुनै पूर्वाधार निर्माण नगरी विदेशी कम्पनीसँगको सहकार्यमा गरिएको यस्तो एकपक्षीय निर्णयले सम्पूर्ण यातायात व्यवसाय र आम नागरिकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ।’
महासंघले इम्बोस्ड नम्बर प्लेट जडानसँगै सवारीसाधन तथा चालक–धनीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा पुग्ने भन्दै राष्ट्रिय सुरक्षा र गोपनीयतामाथि खतरा बढ्ने चेतावनी दिएको छ।
महासंघले सार्वजनिक, पर्यटन, ढुवानी र निजी क्षेत्रका सम्पूर्ण यातायात व्यवसायी तथा नागरिकलाई यस्तो अव्यवहारिक इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण