अमेरिकामा पहिलो पटक मानिसको ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि
सारांश
- अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवीको संक्रमण पुष्टि भएको छ।
- यो संक्रमण एल साल्भाडोरबाट फर्किएका एक बिरामीमा फेला परेको हो, जुन अगस्ट ४ मा पुष्टि भएको थियो।
- रोग नियन्त्रण तथा निवारण केन्द्रले अनुसन्धान सुरु गरेको छ, तर सार्वजनिक स्वास्थ्यमा ठुलो खतराको सम्भावना कम छ।
वासिङ्टन । अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी (फ्लेस–इटिङ स्क्रुवर्म) सङ्क्रमण भएको पुष्टि भएको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म (एनडब्लूएस) मियासिस नामक यो सङ्क्रमण एक बिरामीमा फेला परेको हो, जो हालै एल साल्भाडोरबाट अमेरिकामा फर्किएका थिए। यो केस गत अगस्त ४ मा पुष्टि भएको हो।
यो रोग परजीवी फ्लाई लार्भा (म्यागोट्स) मार्फत सर्ने गर्छ, जसले जिउँदो मासु खाइदिन्छ। सामान्यतया यसले चौपायालाई असर गर्ने भए पनि मानिसमा पनि असर गर्न सक्ने बताइएको छ।
अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सीडीसी) ले मेरील्यान्डको स्वास्थ्य विभागसँग मिलेर यसबारे अनुसन्धान सुरु गरेको छ। हालको अवस्थामा अमेरिकामा यसले सार्वजनिक स्वास्थ्यमा ठुलो खतरा पुर्याउने सम्भावना ‘अत्यन्तै कम’ रहेको बताइएको छ।
यो परजीवी प्रायः दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पाइन्छ। यद्यपि पछिल्लो समय मध्य अमेरिकाका सबै देशमा (मेक्सिकोसहित) यसको सङ्क्रमण पुष्टि भइसकेको छ।
सीडीसीका अनुसार मानिसमा खुला घाउ भएको खण्डमा सङ्क्रमण हुने सम्भावना बढी हुन्छ, विशेष गरी चौपायासँग सम्पर्कमा रहने वा प्रभावित क्षेत्र भ्रमण गर्नेहरू बढी जोखिममा पर्छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण