महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
सारांश
- काठमाडौँ महानगरपालिकाले बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ।
- अनुगमनमा दुई रेस्टुरेन्टमा प्रयोग भएको तेल मापदण्डविपरीत पाइएपछि नष्ट गरियो।
- विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ। महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा चार रेस्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर जाँच गरिएको थियो। जाँचमा दुई रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ। यस्तै, मिठाई पसलको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।
टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न निर्देशन दिएको छ।
विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण