शिक्षक कुट्ने वडाध्यक्षमाथि अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान
सारांश
- बाराको प्रसौनी गाउँपालिकाका वडाध्यक्षमाथि शिक्षक कुटपिटको आरोपमा अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
- वडाध्यक्षले शिक्षकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको छ।
- शिक्षकले वडाध्यक्षले मादक पदार्थ सेवन गरी आफूलाई कुटेको आरोप लगाएका छन्, र उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।
काठमाडौँ । शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई बताए ।
शिक्षक तामाङका अनुसार वडाध्यक्ष कुशवाहा ८ दिनअघि पक्राउ परेका हुन् ।
तर, कुटपिट गरेको भिडियो मंगलबार सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । भिडियो बाहिरिएपछि त्यसबारे धेरैले चासो व्यक्त गरेका छन् ।
आरोपी विरुद्ध अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग सहितको कसुरमा अनुसन्धान भइरहेको एसपी तामाङले जानकारी दिए ।
नागेश्वर यादव महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुर स्थित भोला माविका शिक्षक हुन् । उनले निजी ट्युसन सेन्टर पनि सञ्चालन गरेका छन् ।
छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै वडाध्यक्षले ती शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएर कुटेका हुन् । अर्धनग्न बनाएर तथा हात बाँधेर अन्य व्यक्तिहरूको सामुन्ने वडाध्यक्षले कुटेको भिडियोमा देखिन्छ ।
कुटपिट गर्ने बेलामा वडाध्यक्षले मादक पदार्थ सेवन गरेको शिक्षकले दाबी गरेका छन् । कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण