मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा

बुधबार, ११ भदौ २०८२, ११ : १८
बुधबार, ११ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।
  • सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा रिट दायर भएको छ।
  • रवि लामिछानेकी पत्नी निकिताले श्रीमानको तर्फबाट बैंक जमानत लिएर मुद्दा लड्न दिनुपर्ने माग गरेकी छिन्।

बुटवल  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित  उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको  परेको जानकारी दिए ।  कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने रातोपाटीलाई बताए ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप