५५ वर्षकी महिलाले जन्माइन् १७ औँ सन्तान
सारांश
- भारतकी एक ५५ वर्षीया महिलाले १७औँ सन्तान जन्माएकी छिन्।
- राजस्थानको उदयपुरस्थित स्वास्थ्य केन्द्रमा महिलाले बच्चा जन्माएकी हुन्, आमा र बच्चा दुवैको अवस्था सामान्य छ।
- महिलाका पतिले घर नभएको र कष्टकर जीवन बिताइरहेको बताएका छन्।
नयाँ दिल्ली । भारतमा ५५ वर्षकी एक महिलाले १७ औँ सन्तानलाई जन्म दिएकी छन् । राजस्थानको उदयपुरस्थित आदिवासी बाहुल्य गाउँ झाडोलमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा ती महिलाले १७ औँ सन्तान जन्माएकी हुन् ।
५५ वर्षीय रेखा कालबेलिया सुत्केरी व्यथा लागेपछि उक्त अस्पतालमा पुगेकी हुन् । त्यहाँ उनले १७ औँ सन्तानलाई जन्म दिएको तथा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाको छ ।
रेखाका पति कवरा कालबेलियाका अनुसार उनीहरूसँग आफ्नो घरसमेत छैन । निकै कष्टका साथ जीवन गुजारा गर्दै आएको उनको भनाइ छ ।
झाडोल सामुदायिक स्वास्थ्य केन्द्रकी स्त्री रोग विशेषज्ञ रोशन दरांगीका अनुसार रेखा सुत्केरी हुन अस्पताल आउँदा परिवारले चौथो सन्तान जन्मिन लागेको बताएको थियो । तर पछि रेखाको यसअघि नै १६ सन्तान जन्मिसकेको पत्ता लागेको दरांगीले बताइन् ।
रेखाका ४ छोरा र एक छोरीको मृत्यु भइसकेको छ । जन्मिएको छोटो समयमै उनीहरूको मृत्यु भएको बताइएको छ । उनका पाँच सन्तानको बिहे भइरहेको छ भने उनीहरूका पनि सन्तान जन्मिसकेका छन् । रेखाका बाँकी सन्तान भने अविवाहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण